शुक्रबार, माघ १६, २०८२

साढे एक करोडको लागु औषधिसहित एकजना पक्राउ

मेरोन्यूज २०७९ पुष २१ गते २१:४३

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज २ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हुसैनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।

प्रतिक्रिया