बिहीबार, माघ १५, २०८२

मृत्यु भएकाहरूको भत्ता लिने वडाध्यक्ष कारागार थुनामा

मेरोन्यूज २०७९ पुष २४ गते २१:३२

काठमाडौँ । सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् ।

सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

आव २०७४–०७५ देखि २०७७–०७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

यो प्रकरणमा ८३ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ ।

मियाँसमेत २१ जनाले एकआपसमा मिलेमतो गरी एक अर्कालाई फाइदा पुर्याउने उद्देश्यले सो काम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पु¥याउन सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बरसमेत प्रचलनमा ल्याएको प्रनाउ सिंहले बताए ।

प्रतिक्रिया