शुक्रबार, माघ १६, २०८२

हुण्डी कारोबारी १९ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७९ पुष २५ गते २१:०६

काठमाडौँ । हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज १७ अलौ बस्ने १९ वर्षीय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो ।

वीरगञ्ज २५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया