नौ जना फरार प्रतिवादी पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।
चौँरीदेउराली गाउँपालिका–१ का ३० वर्षीया हीरा लामालाई बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष तीन महिना कैद तथा रु १० हजार जरिवाना फैसला गरेको थियो । लामालाई सोमबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सोमबारै बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष कैद तथा रु १२ हजार पाँच सय जरिवाना फैसला गरेको सोही वडाकी ६० वर्षीया काइली लामालाई पनि घरबाट पक्राउ गरी अदालत पेस गरिएको छ ।
यसैगरी सवारी ज्यान मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत असार १३ गते तीन महिना कैद र रु दुई हजार जरिवाना फैसला गरेको दोलखाको शैलुङ गाउँपालिका–३ का २४ वर्षीय सुजन लामालाई आइतबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले रु पाँच हजार जरिवाना फैसला भई फरार रहेका मण्डदेउपुर नपा–६ का ३६ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पनि आइतबार घरबाटै पक्रिएर सोही दिन अदालत पेस गरिएको हो ।
यस्तै जालसाजी मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत फागुन ११ गते रु पाँच हजार पाँच सय जरिवाना ठहर गरिएका पनौती नपा–५ का ४६ वर्षका राजकुमार बुढाथोकीलाई आइतबार पक्राउ गरी सोही दिन अदालत पेस गरिएको हो ।
तेमाल गाउँपालिका–७ का ४० वर्षीया ज्ञानीमाया तामाङलाई पनि आइतबार गाली बेइज्जती मुद्दमा १० वर्षदेखि फरार रहेको अवस्थामा आइतबारै घरबाट पक्राउ गरी रु दुई सय जरिवाना तिराउन सोही दिन अदालत पेस गरिएको प्रहरीले जनायो ।
यसैगरी बनेपा नपा–५ को ५५ वर्षीया मीनाकुमारी श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ ३१ गते रु चार लाख जरिवाना फैसला गरेको थियो ।
श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको जनाइएको छ । लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०७५ पुस २४ गते दुई महिना कैद र रु दुई हजार जरिवाना फैसला भएका भुम्लु गाउँपालिका–८ का २२ वर्षीय आकाश तामाङलाई पनि शुक्रबारै घरबाटै पक्राउ गरी सोही दिन अदालत बुझाइएको प्रनाउ न्यौपानेले बताए।
यस्तै भ्रष्टाचार मुद्दामा तीन वर्षअघि जिल्ला अदालतले रु पाँच हजार जरिवाना तोकेको पनौती नपा–११ का ६५ वर्षीय चेतनाथ भारतीलाई शुक्रबार पक्राउ गरी जरिवाना तिराउन सोही दिन काभ्रेपलाञ्चोक अदालत पेस गरिएको जनाइएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया