शुक्रबार, माघ १६, २०८२

चाँदी जस्तो देखिने सेतो धातु बिक्री गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०७९ पुष २६ गते ११:१३

मोरङ । चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-१२ बस्ने सुनचाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नबिन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेका छन् ।


सुन्दरहरैचा नगरपालिका-९ स्थित बल बहादुर श्रेष्ठको ओम सुनचाँदी पसलमा गत पुस १३ गते उनीहरूले ६ हजार रूपैयाँमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरेकोमा उक्त धातु पगाल्दा चाँदी नभई तामा जस्तो धातु भएको खुल्न आएको थियो ।

साथै उनीहरूले पुनस् सेतो चाँदी रंगको धातु लिएर सोही पसलमा आई ठगी गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले दुवै जनालाई चाँदी जस्तो देखिने धातुका टुक्राहरु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया