मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जना पक्राउ

पर्सा। मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका-८ घर भएका ५४ वर्षीय अनिल कुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ३७ वर्षीय रमेश कुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका-४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।
उक्त होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले आइतबार राति होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया