सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन

काठमाडौँ । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।
कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पुर्याएका छौँ, यो संख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।”
सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।
यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो । एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताए ।
एयरबसले सन् २०२२ मा एक हजार ७८ नयाँ विमानका लागि निवेदन दता भएको र डिसेम्बर अन्त्यसम्ममा सात हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनको भनाइ थियो ।
“मालवाहक जहाजसहित हाम्रा सबैप्रकारका विमानहरूलाई समेट्ने महत्वपूर्ण मागले हाम्रो उत्पादन लाइनको शक्ति र प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ,” फाउरीले भने ।
जुलाई २०२२ मा, फाउरीले आपूर्ति श्रृङ्खलाको समस्याको कारण विमान हस्तान्तरण गर्ने लक्ष्य ७२० रहेपनि यो सङ्ख्या लगभग ७०० को हाराहारी रहने बताए ।















मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया