चीनमा मानिसको भीडमा कार हाँक्दा ५ जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष २८ गते १२:२७

एजेन्सी । चिनियाँ प्रहरीले ग्वान्झाउमा पाँच जना पैदलयात्रीको मृत्यु हुने गरी कार हाँकेर १३ जनालाई घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति सर्वसाधारणको जनआक्रोश फैलाएको छ । धेरैले मानिसलाई जानाजानी लक्षित गरेर आक्रमण गरेको आरोप लगाएका छन् ।
अनलाइन पोस्ट गरिएका भिडियोहरूले दुर्घटना लगत्तै चालकले कारबाट बाहिर निस्केको र बैंक नोट हावामा फालेको देखाएको छ । प्रहरीले २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ र अनुसन्धान सुरु गरेको छ ।
१ करोड ९० लाख जनसंख्या भएको दक्षिणी ग्वान्झाउको व्यस्त जक्सनमा बुधबार साँझ भीडमा उक्त घटना भएका थियो । पछिल्लो समय यस्ता घटनाहरु दोहोरिने गरेका छन् ।
सन् २०२२ को फेब्रुवरीमा एक चालकले दक्षिणी प्रान्त फुजियानमा मानिसहरूमाथि एउटा मिनी ट्रक जोताउँदा तीन जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भए ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया