शुक्रबार, माघ १६, २०८२

पोखरा विमान दुर्घटनाका २५ शव काठमाडौं ल्याइयो

मेरोन्यूज २०७९ माघ ३ गते १३:०९

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये २५ जनाको शव मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । थप २३ शव आजै काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ७० शवमध्ये २२ जनाको पहिचान भएकाले पोखरामै आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । अस्पतालबाटै शव आफन्तलाई बुझाइनेछ ।

विमान दुर्घटनामा परेका दुईजनाको खोजी तथा उद्धारकार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया