शुक्रबार, माघ १६, २०८२

आफ्नै दाइको हत्या गरेको अभियोगमा ईन्द्र सिंह पक्राउ

मेरोन्यूज २०७९ माघ ३ गते १३:१८

नुवाकोट । ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका(९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै-झगडा हुँदा आफ्नै दाइ जगतलाई लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया