शुक्रबार, माघ १६, २०८२

होटलमा ७३१ थान राहदानी राख्ने तीन जना पक्राउ

मेरोन्यूज २०७९ माघ ५ गते १६:२७

काठमाडौँ । काठमाडौँ महानगर २६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका ३ घर भई टोखा नगरपालिका ९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ ।

होटलहरूमा शंकास्पद व्यक्ति रहेको सूचना पाएसँगै प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले दुई होटलमा अनुगमन गरेको थियो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया