शुक्रबार, माघ १६, २०८२

अवैध दुई लाख रुपैयाँसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ माघ ५ गते १६:४४

काठमाडौँ । सर्लाही गोडैता नगरपालिका १२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद १० लाख ३३ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका २ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पदैल जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा पन्थको साथबाट श्रोत नखुलेको दुई लाख १० हजार रुपैयाँ र त्रिपाठीको साथबाट आठ लाख २३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया