सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने
मेरोन्यूज
२०७९ माघ ५ गते २१:११
काठमाडौँ । जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो सय वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ ।
असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ ।
सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो ।
प्रकाशकका अनुसार सन् १९५० को दशकमा साप्ताहिक शुकान असाहीको सर्कुलेसन १० लाख नाघेको थियो । तर, गत डिसेम्बरमा पत्रिकाको ७४ हजार १२५ प्रति मात्र बिक्री भएको थियो ।
सम्बन्धित
















अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया