आठ लाख बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ
मेरोन्यूज
२०७९ माघ ६ गते १५:५५
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धादिङ गंगाजमुना गाउँपालिका ६ घर भई हाल काठमाडौँ महानगर ३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङ पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले आठ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, सात दिन कैद र ३२ हजार ९६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई बानेश्वरबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेसँगै उनलाई फैसला कार्यान्वयन गराउन जिल्ला अदालत काठमाडौँ पठाइएको छ ।
सम्बन्धित
















आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया