शुक्रबार, माघ १६, २०८२

चितवन राष्ट्रिय निकुञ्ज दुई गैँडा मारिए, एउटाको खाग चोरी

मेरोन्यूज २०७९ माघ ६ गते १९:१७

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा आज दुई वटा गैँडा सिकारीले मारेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेको छ ।

एउटा गैँडाको खागसमेत चोरी भएकाले चोरी सिकारी समूहले गैँडा मारेको हुन सक्ने अनुमान गरिएको छ ।

सानो गैँडाको खाग भने सुरक्षित रहेको छ । घटनाबारे चितवन निकुञ्जले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया