बुधबार, चैत ११, २०८२

बजारमा तरुलको माग बढ्दो

मेरोन्यूज २०७९ माघ १० गते २१:१८

काठमाडौँ । नवलपरसी (पूर्व)बाट यस वर्षको माघे सङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडौँ निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताए ।

पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको सारुले बताउनुभयो । ‘पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकर सङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ”, उनले भने, “जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन ।”

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । जिल्लाको पहाडी क्षेत्रका जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताए ।

प्रतिक्रिया