शुक्रबार, माघ १६, २०८२

क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ

मेरोन्यूज २०७९ माघ ११ गते १३:५५

काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै प्रलोभनमा पारी आठ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९, सिनामंगल बस्दै आएका मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २९ वर्षीय साहिल बस्नेत छन् ।

क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक एक लाखभन्दा बढी कमाइ हुने गरी फुड प्याकिङको काम लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी रकम ठगेको खुलेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागको पत्राचारका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया