बुधबार, चैत ११, २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.द्वारा ऋणपत्र जारी

मेरोन्यूज २०७९ माघ ११ गते २१:१२

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. ले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी 2.4bn रकम बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो ऋणपत्रको प्रति इकाई मुल्य रु.१०००/ रहनेछ र ऋण पत्रको अवधि ५ वर्ष हुनेछ । यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ ।


ऋणपत्रको लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आयआर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन् ।

निष्कासन हुने कूल रकममध्ये 1.44 million units (NPR 1.44 billion) बराबरको ऋणपत्र निजी तवरमा र 960K units (NPR 960 million) बराबरको ऋणपत्र सर्व साधारण लगायत म्युच्युअल फण्डहरुको लागि शेयर आव्हान पत्र जारी गरेर बाँडफाँड गरिनेछ ।


स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आइसिआरए नेपालद्वारा ICRANP-IR AAA श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ ।

हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया