यस वर्षबाट १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक निजीले छाप्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक निजी क्षेत्रलाई दिने प्रक्रिया सुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्र सानो थिमी भक्तपुरले सूचना जारी गरी पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरण गर्न भनेको छ ।
यसअघि १ देखि ३ कक्षासम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्र दिने गरिएकोमा यस वर्षबाट ५ कक्षासम्म दिन लागिएको हो ।
सूचनामा निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्ने उल्लेख छ ।
यसअघि जनक शिक्षा सामग्री केन्द्रले केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा पाठ्यपुस्तक छाप्थ्यो । अब निजीले पनि त्यसैका आधारमा छाप्नु पर्ने सूचनामा उल्लेख छ ।
पाठ्यपुस्तकको अभाव हुने समस्या समाधान गर्न निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिन लागिएको मन्त्रालयले जनाएको छ ।
केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । सोही आधारमा मन्त्रालयले कक्षा ५ सम्मको छपाईको जिम्मा निजीलाई दिने निर्णय गरेको हो ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया