रावणको भूमिकामा देखिँदै छन् केजीएफ स्टार यश ?

कन्नड सुपरस्टार यश आफ्नो उत्कृष्ट अभिनयका लागि चिनिन्छन्। केजीएफ र केजीएफ २ मा उनले आफ्नो दमदार प्रदर्शनले फ्यानको मन जितेका थिए। यो फिल्मले बक्स अफिसमा बम्पर कमाई गरेको थियो । यसको नाम सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । यशले केजीएफ च्याप्टर २ पछि आफ्नो अर्को फिल्मको घोषणा नगरे पनि अहिले सुपरस्टारलाई फिल्म निर्माताले अप्रोच गरेको खबर छ ।
मिडिया रिपोर्टका अनुसार फिल्म निर्माता-निर्देशक नितेश तिवारी र मधु मन्टेनाले यशलाई आफ्नो पौराणिक फिल्म रामायणमा कास्ट गर्न अप्रोच गरेका छन्। यो फिल्ममा रावणको भूमिकाका लागि यशलाई अप्रोच गरिएको छ । विशेष कुरा के छ भने यशले पनि यो फिल्मका लागि चासो देखाइरहेका छन् । रिपोर्टका अनुसार यश आफ्नो आगामी प्रोजेक्टका लागि ठूलो सोचमा छन् । उनले देशका विभिन्न चलचित्र उद्योगका स्क्रिप्ट सुनिरहेका छन् ।
रिपोर्टका अनुसार यश रामायण फिल्मको प्रि-भिजुअलाइजेसनबाट धेरै खुसी छन् र टोलीसँग भेटघाट गरिरहेका छन्। उनले अबको दुई महिनाभित्र यसबारे निर्णय लिन सक्नेछन् । यति मात्र होइन, यस फिल्ममा रणवीर कपूर रामको भूमिकामा देखिनेछन् ।
रिपोर्टका अनुसार यशसँग ब्रह्मास्त्र २ को अफर पनि छ । करण जोहरले यशलाई देवको भूमिका अफर गरेका थिए । यश पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।
















गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया