बाबुले आगो लगाउँदा २ वर्षे छोराको मृत्यु, आमा घाइते

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका भानुभक्त विक पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्स पेट्रोल छर्किएर जलाएका थिए ।
जलेर गम्भीर घाइते भएका प्रिन्सको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । डीएसपी रामप्रसाद घर्तीमगरले जलेका प्रिन्सको मृत्यु भएको र उनकी आमा गंगाको उपचार भइरहेको जानकारी दिए ।
श्रीमति र छोरालाई पेट्रोल छर्केर आगो लगाइ भारततर्फ भागेका भानुभक्तलाई प्रहरीले राति साढे १ बजेतिर नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको डिएसपी घर्ती मगरले बताए ।
कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्ने गरेको जानकारीमा आएको बताइन । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।
साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए ।
बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।
घटनालगत्तै उनीहरूलाई कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि भेरी अञ्चल अस्पताल पुर्याइयो ।
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया