महिन्द्राले खोल्यो एक्सयूभी ७०० को बुकिङ, सुरु मूल्य ७४ लाख

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने) गाडी नेपालमा सार्वजनिक गरेको छ ।
एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएको र ग्राहकलाई यसले सन्तुष्टि दिने विश्वास कम्पनीले गरेको छ । कम्पनीका अनुसार ‘एक्सयूभी ७००’ नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ । जुन नयाँ पहिचान–ट्विन पिक्स लोगोको साथ आएको छ । कम्पनीका अनुसार भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो । जसका कारण नेपालमा एक्सयूभी ७०० लञ्च गरिएको हो ।
नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले बताएको छ । एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार भएको कम्पनीले बताएको छ । जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक – उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको कम्पनीले बताएको छ ।
महिन्द्रा एक्सयूभी ७०० को परिचयात्मक मूल्य ७४ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । यो परिचयात्मक मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने छ ।
एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीले जनाएको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेका छन् । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।
वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङ पनि पाएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड बनेको छ । यसको साइ–फाई टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाइन डायल गर्न इन्जिनियर गरिएको छ ।
कम्पनीका अनुसार एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइने छ । जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ । नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको कम्पनीले बताएको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया