डुङ्गा डुब्दा ५२ विद्यार्थीको मृत्यु
मेरोन्यूज
२०७९ माघ १८ गते १७:३२

उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।
ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले १६ जनालाई उद्धार गरेका थिए ।
उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो । हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् ।
सम्बन्धित
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया