मलेसियाका गृहमन्त्रीले १० बजे श्रममन्त्री अर्याललाई भेट्ने

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले शुक्रबार बिहान १० बजे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्ने समय तय भएको छ । श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले श्रममन्त्री अर्यालसँग ज्ञण् बजे औपचारिक छलफल गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
मलेसियाका गृहमन्त्री सैफुद्दिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्ने छन् । छलफल तथा भेटवार्तामा निजी क्षेत्रलाई सहभागी गराइएको छैन भने सञ्चारकर्मीलाई समाचार संकलनमा समेत अनुमति नरहेको श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।
विशेष विमानबाट बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी ताहाचलस्थित सोल्टी होटलमा बसेका छन् ।
मलेसिया नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो । सैफुद्दिन कामदार आपूर्तिको महत्वपूर्ण एजेण्डासहित नेपाल आएका हुन् । नेपाल आउनु अघि उनले उच्चस्तरीय मलेसियाली अधिकारीसहित मलेसियाका विदेशी कामदार आपूर्ति गर्ने प्रमुख श्रोत मुलुक इन्डोनेशियाको भ्रमण गरी कामदार आपूर्ति सम्बन्धमा छलफल गरेका थिए ।
‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ नीति लिएको मलेसियाले सेवा, औद्योगिक उत्पादन, कृषि तथा प्लान्टेसन र निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहेको छ । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने बताएको छ । उनले नेपालबाट आपूर्ति हुन सक्ने कामदारको सीप तथा संख्याका बारेमा बुझ्ने बताइएको छ ।
भ्रमण सम्पन्न गरी उनी शनिबार बंगलादेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया