कति छ आजको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिद १३० रूपैयाँ ७८ पैसा र बिक्री १३१ रूपैयाँ ३८ पैसामा भएको थियो।
युरोपियन युरो आज एक रुपैयाँ ६७ पैसाले वृद्धि भएको छ । यसको खरिदमा १४४ रूपैयाँ ९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसा कायम गरिएको छ। यसअघि युरोपियन युरोको खरिददर १४२ रूपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्डको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकिएको छ। यसअघि बिहिबार यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकीएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९३ रूपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९३ पैसामा कारोबार भएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा तोकिएको छ।
शुक्रबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिह्बिार ३० रूपैयाँ ८९ पैसा र बिक्रीमा ३१ रूपैयाँ ४ पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ५७ पैसा तोकिएको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया