आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् ।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको निर्देशनमा बिहीबाररातिदेखि बाल विवाहविरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवम् आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेका एएनआईलाई जानकारी दिए । राज्यव्यापीरूपमा बाल विवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यसविरुद्ध आक्रामक भएर लागेका उनले बताए ।
उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट छ जनालाई नियन्त्रणमा लिईको छ भने गुवाहाटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन् । गुवाहाटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बाल विवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया