आगलागीबाट मुस्ताङमा एक घर जल्यो
मेरोन्यूज
२०७९ माघ २३ गते ६:४६

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–लेते कालोपानीको एक घरमा आगलागी भएको छ । आइतबार पौने ५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया