थप हतियार उपलव्ध गराउन युक्रेनी राष्ट्रपतिको अनुरोध

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताउनुभएको छ ।
युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो ।
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गर्नुभएको छ । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रूसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताउनुभएको छ ।
यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा गरेका थिए
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया