आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सवै सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकास्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो ।
‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
सो घटनामा दोषी भन्दै बरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिसकेको छ ।
















निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
आज शुक्रबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया