नियम उल्लंघन गर्ने सवारीबाट माघसम्म ४० लाख बढी राजश्व संकलन
लमजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी नियम उल्लंघन गर्ने सवारी तथा यातायातका साधनहरुबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४० लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको शुरु देखि माघ मसान्तसम्म नियम उल्लंघन गर्ने कूल ५ हजार ९ सय ५० सवारी साधनलाई कारबाही गरी जरिवानाबाट ४० लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयले पुसमा सबैभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । उक्त महिनामा १ हजार १०० सवारी कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय, लमजुङका अनुसार गत आर्थिक बर्षमा सवारी नियम उल्लंघन गर्ने ५ हजार ४ सय ७६ सवारी साधनबाट ३४ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यसैगरी आर्थिक बर्ष २०७६र७७ मा ४ हजार ८ सय २५ सवारी साधन बाट ३१ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक बर्षको १२ महिनामा भन्दा यस आर्थिक बर्षको सात महिनामा बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय लमजुङको रेकर्डमा देखिएको छ ।
यस आर्थिक बर्षमा ८ सय १९ बटा ट्रक, ३ सय ५४ बटा वस, १ हजार ५ सय १५ जीप कार भ्यान जस्ता सवारी साधन, ४ सय ८ बटा ट्रयाक्टर, २ हजार ८ सय ५४ मोटर साईकललाई सवारी उल्लंघन गरे बापत जरिवाना गरेको थियो ।
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया