अष्ट्रेलियामा विद्यार्थीले अब दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

काठमाडौं । अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । अष्ट्रेलियाको शिक्षा विभागको सुचना अनुसार यस अघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरि दुई हप्तामा ४८ घण्टा पुर्याइएको हो । यो नियम जुलाई १ बाट लागु हुनेछ ।
कोभिडका कारण कामदार अभाव भएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको दुइ हप्ताको ४० घण्टे सिमा हटाईएको छ । तर, आगामी जुलाई १ देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ ।
यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नताकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।
हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो । संशोधित नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् ।
यस्तै स्नातकोत्तरका विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्ष त्यस्तो भिसा प्राप्त गर्न सक्ने शिक्षा मन्त्री ज्यासन कार्लीले बताएका छन् ।










जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया