अष्ट्रेलियामा विद्यार्थीले अब दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

काठमाडौं । अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । अष्ट्रेलियाको शिक्षा विभागको सुचना अनुसार यस अघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरि दुई हप्तामा ४८ घण्टा पुर्याइएको हो । यो नियम जुलाई १ बाट लागु हुनेछ ।
कोभिडका कारण कामदार अभाव भएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको दुइ हप्ताको ४० घण्टे सिमा हटाईएको छ । तर, आगामी जुलाई १ देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ ।
यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नताकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।
हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो । संशोधित नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् ।
यस्तै स्नातकोत्तरका विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्ष त्यस्तो भिसा प्राप्त गर्न सक्ने शिक्षा मन्त्री ज्यासन कार्लीले बताएका छन् ।
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया