विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक

काठमाडौँ । विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान संख्या आरए ४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको उजुरी परेको थियो ।
विमान चालकद्वारा परिचारिकामाथि दुर्व्यवहार गरेका विषयमा उजुरी परेपछि प्राधिकरणले सो चालक दलका पाइलटलाई उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
‘विमान परिचारिकामाथि दुर्व्यवहार गरेका विषयमा उजुरी परेको छ, यस विषयमा सत्यतथ्य बुझ्न हामीले वायुसेवा निगमलाई खबर गरेका छौँ,’ उनले भने, ‘छानविन नसकिञ्जेल त्यो उडानका पाइलटको उडानमा रोक लगाएका छौँ ।’
उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारीसमेत गराइएको जनाएको छ । छानविन नसकिञ्जेलका लागि प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक नगर्ने जनाएको छ ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया