पीएनजीविरुद्ध नेपाल ४ विकेटले विजयी, बनायो नयाँ कीर्तिमान

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध ४ विकेटको विजय हात पारेको छ ।
नेपालले यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबारको खेलमा विजयी भएसँगै लगातार पाँचपटक विजयको कीर्तिमान बनाएको छ ।
टस हारेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाउँदा नेपालले ४५.२ ओभरमा विजयी लक्ष्य पूरा गरेको हो । कुशलले ५६ रन बनाएर आउट भएका थिए ।
आसिफ शेखले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए । ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए ।
नेपाल २९ खेलको समाप्तिसँगै २८ अंकसहित लिग २ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जिते शीर्ष पाँचभित्र परेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ । ६ खेल जिते शीर्ष तीन राष्ट्रमा पर्दै जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोट हुनेछ ।















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया