‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रशारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ ।
बिहीवार काठमाडौैंमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो । ६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रश्तोता सुशील नेपाल उपस्थित थिए ।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गरेका थिए । शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ ।
ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकाहरुलाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्वपूर्ण रहेको बताएका छन् । उनले बालबालिकाहरुले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकाहरुमा सबै गर्नसक्ने प्रतिभा रहेको बताए । खरेलले आफ्नो समूहले जित्ने भन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको बताए ।
द भ्वाइस किड्स सिजन २ हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ ।









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया