आइतबार, माघ १८, २०८२

झारफुकको बहानमा बालिका हत्या आरोपमा १७ जना पक्राउ

मेरोन्यूज २०७९ फागुन २७ गते २०:३४

काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका १० एक बालिकाको मृत्यु भएसँगै १७ जना पक्राउ परेका छन् । बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको थियो । हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरेको जनाएको हो ।

गत २० गते राति ८ बजे झाँक्री कहाँ लगिएकी बालिकालाई लछारपछार पारी कुटपिट गर्दा मृत्यु भएको थियो । उनलाई लछारपछार पारेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया