झारफुकको बहानमा बालिका हत्या आरोपमा १७ जना पक्राउ
मेरोन्यूज
२०७९ फागुन २७ गते २०:३४

काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका १० एक बालिकाको मृत्यु भएसँगै १७ जना पक्राउ परेका छन् । बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको थियो । हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरेको जनाएको हो ।
गत २० गते राति ८ बजे झाँक्री कहाँ लगिएकी बालिकालाई लछारपछार पारी कुटपिट गर्दा मृत्यु भएको थियो । उनलाई लछारपछार पारेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया