सिन्धुली दुर्घटनामा परेकाको उद्दार कार्य प्रभावकारी बनाउनू : प्रधानमन्त्री
मेरोन्यूज
२०७९ फागुन २८ गते १४:४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा बस दुर्घटनामा परेकालाई तत्काल उद्दार गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई उद्दार तथा घाइतेको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुःखी तुल्याएको छ। दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्वद्ध सबैमा निर्देशित गर्दछु ।’
आइतबार बिहान ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल–४ को कुइभीरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
सम्बन्धित
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया