डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन् । शुक्रवार चितवनमा सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले कार्य समितिका पदाधिकारीहरुको चयन गरेको हो ।
अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, उपाध्यक्षमा महालक्ष्मीका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका राम कुमार गिरी, कोषाध्यक्षमा लुम्बनी विकास बैंकका नरेश सिंह बोहरा चयन भएका छन् । त्यस्तै सदश्यमा साइन रेसुंगाका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्टका डा। इन्द्र कट्टेल चयन भएका हुन् ।
नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आ।व। २०७८र०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ।व। २०७९र०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया