शनिबार, चैत १४, २०८२

ओडीआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो

मेरोन्यूज २०७९ चैत ८ गते १५:५३

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि १६ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५ औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि मात्रै नेपाल एक स्थानमाथि उक्लिएको हो । 

वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १० औँमा अफ्गानिस्तान, ११ औँमा आयरल्याण्ड, १२ औँ स्कटल्याण्ड, १३ औँमा जिम्बाबे, १४ औँमा नेदरल्याण्ड, १५ औँमा नेपाल, १६ औँमा ओमान, १७ औँमा नामिबिया, १८ औँमा अमेरिका, १९ औँमा यूएई र २० मा पपुवा न्युगिनी रहेका छन् ।  
 

प्रतिक्रिया