शनिबार, वैशाख २६, २०८३

भारतीय राष्ट्रपति मुर्मू सोमबारदेखि पश्चिम बङ्गाल भ्रमणमा

मेरोन्यूज २०७९ चैत १३ गते १४:०२

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्ने भएकी छन्।

Advertisement
NiccNicc

देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय नेताजी सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जलि अर्पण गर्न कलकत्तास्थित नेताजी भवन जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँ जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछन्।

राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुनेछ भने २८ मार्च (मंगलबार) मा राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछन् ।

“उनी कलकत्ता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुनेछन् । त्यसपछि उनले शान्तिनिकेतनको भ्रमण गर्नेछन् जहाँ उनी विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

यसअघि, मार्च १९ मा राष्ट्रपति मुर्मूले तमिलनाडुको कन्याकुमारी जिल्लामा रहेको विवेकानन्द रक स्मारकको भ्रमण गरेकी थिइन् । त्यसैगरी, अघि मार्च १६ देखि मार्च २१ सम्म राष्ट्रपति मुर्मू केरला, तमिलनाडु र लक्षद्वीपको एक हप्ताको भ्रमणमा थिइन् ।

प्रतिक्रिया