रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा आज रुपन्देहीका पत्रकारका लागि निःशुल्क आँखा जाँच गरिएको छ ।
नेत्र ज्योति सङ्घको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निःशुल्क आँखा जाँच गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकार डा बालकृष्ण चापागाईले पत्रकारको स्वास्थ्यलाई मध्यनजर गरी महासङ्घले आँखा शिविर राखेर राम्रो काम गरेको बताए ।
कार्यक्रममा नेत्रज्योती सङ्घ रुपन्देहीका सभापति कमलराज जोशीले देशैभर पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने समझदारीअनुसार रुपन्देहीमा शिविर गरिएको बताए ।
त्यस्तै, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रणअम्बिका आँखा अस्पतालका निर्देशक प्रा डा ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउँदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिए ।
रुपन्देहीका पत्रकारका लागि आयोजना गरिएको निःशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन् । यसमध्ये ५८ जनालाई औषधि र १७ जनाको दृष्टिदोष देखिएकाले चस्मा वितरण गरिएको महासङ्घ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए ।
शिविरमा नेत्रज्योति सङ्घ रणअम्बिका आँखा अस्पताल भैरहवाका वरिष्ठ नेत्र अधिकृत एवं कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका थिए ।
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया