शनिबार, वैशाख २६, २०८३

२०० किलोका बच्चाले यसरी घटाए ११४ किलो तौल

मेरोन्यूज २०७९ चैत १७ गते १७:३५

इंडोनेशियाका आर्य परमाना संसारकै मोटो व्यक्तिको रूपमा प्रसिद्ध थिए। १० वर्षमै उनको तौल झण्डै २०० किलो पुगेको थियो ।

Advertisement
NiccNicc

तर अहिले आर्यले आफ्नो तौल करिब ११४ केजी घटाएका छन् । उनलाई इन्डोनेसियाका प्रसिद्ध र व्यावसायिक बडीबिल्डरले तौल घटाउन मद्दत गरेका हुन् ।

आर्यले अप्रिल २०१७ मा बेरियाट्रिक शल्यक्रिया गराएका थिए, त्यसबेला उनी उक्त शल्यक्रिया गर्ने सबैभन्दा कान्छा थिए। शल्यक्रियापछि उनले बडीबिल्डिङ च्याम्पियन अडे राईलाई भेटे, जसको व्यक्तिगत जिम थियो। 

जब आडेलाई आर्यको बारेमा थाहा भयो, उनले सहयोग गर्न हात बढाए। आडेको अधीनमा हुँदा, आर्यले आफ्नो अनावश्यक चिज खाने बानी परिवर्तन गरेर कम कार्बोहाइड्रेट चीजहरू जस्तै तरकारी लगायतका अन्न खान थाले। यससँगै उनले दैनिक वेट ट्रेनिङ पनि गर्न थाले, जसले क्यालोरी बर्न गर्न र मांसपेशीलाई टोन गर्न मद्दत गर्छ।

आर्य जिममा व्यायाम गर्न रमाउन थाले। उनी धेरै हिँड्ने गर्थे, जसले पनि अतिरिक्त क्यालोरी बर्न गर्न मद्दत गर्यो। उनले तीन वर्षमा आधाभन्दा बढी तौल घटाएका छन् । अहिले उनी १३–१४ वर्षको भइसकेका छन् । आर्यले अब स्कुल जान, आफ्नै काम गर्न, फुटबल, टेनिस, ब्याडमिन्टन आदि खेल्न सक्छिन् ।

प्रतिक्रिया