५० वर्षपछि मानिस चन्द्रमामा जाँदै, नासाले गर्यो चालक दलको घोषणा
मेरोन्यूज
२०७९ चैत २२ गते १२:४०

नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने भएको छ । आर्टेमिस–२ मिसन अन्तर्गत अर्को वर्ष चार अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किनेछन् । यो टोलीमा पहिलो पटक एक महिला र एक अफ्रिकी/अमेरिकी अन्तरिक्ष यात्री पनि हुनेछन्। अपोलो मिशनको ५० वर्षभन्दा बढी समयपछि काेहि मानिस चन्द्रमामा पाइला टेक्नेछन् ।
क्रिस्टिना ह्यामक कोचलाई यो १० दिने चन्द्र अभियानका लागि विशेषज्ञका रूपमा छनोट गरिएको छ । यसअघि क्रिस्टिनाले सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने कीर्तिमान बनाएकी थिइन् । उनी बाहेक अमेरिकी नौसेनाका भिक्टर ग्लोभर पनि पाइलटका रुपमा छनोट भएका छन् । उनी चन्द्रमा मिशनमा अन्तरिक्षमा जाने पहिलो ब्ल्याक अन्तरिक्ष यात्री हुनेछन्।
-एजेन्सी
सम्बन्धित
















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया