नेपाल र भियतनामबीचको दोस्रो खेल आज

काठमाडौं । महिला फुटबलको पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दै छ । यस अघि गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हावी भएको थियो ।
यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ ।
समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।
भियतनामसँग खेल्ने नेपाली महिला फुटबल टिम :
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डर: समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, सिर्जना चेम्जोङ ।
मिडफिल्डर: रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी ।
फरवार्ड: अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक ।















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया