ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७९ चैत २६ गते १०:२४

उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् ।
प्रदेश नं १–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे १ ख २१८४ नंको ट्रकले ठकर दिएको थियो ।
ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन् ।
ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















चुनावी घोषणपत्रमा समेटिएला नदी संरक्षणका मुद्दा ?
ट्रम्प र इरानः वार्ता र चेतावनी
कम्बोडिया पठाउने भन्दै लाखौँ ठगी गर्ने एकजना पक्राउ
बढ्दो अतिक्रमण र प्रदूषणले संकटमा सिमसार
132-kV transmission line in Karnali expected to give boost to industries
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया