चक्रे मिलनका सहयोगी हतियारसहित पक्राउ
मेरोन्यूज
२०७९ चैत २८ गते १३:२९

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’का सहयोगी गणेशबहादुर बोगटी हतियारसहित पक्राउ परेका छन् । चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि बाँकेको बैजनाथ गाउँपालिका, नौवस्ताका बोगटी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले बोगटीको साथमा रहेको हतियार समेत बरामद गरिएको जानकारी दिए । बोगटीले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएका छन् ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । नेकपा एमालेमा रहेका चक्रे मिलन युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेका थिए ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया