रास्वपाले लियो दुई करोड घुस माग्ने ढाकाकुमारसँग एक घण्टा बयान
मेरोन्यूज
२०७९ चैत २८ गते १८:०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ ।
रास्वपा अनुशासन समितिले आज दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको हो । उनी दुई करोड घुस मागेको प्रकरणमा मुछिएका छन् ।
श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको उनको दाबी छ । बयानका क्रममा भने उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया