सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सडक पेटीमा नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।
सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिँदै महानगरले त्यसको नगरेमा कारबाह िगर्ने चेतावनीसमेत दिएको छ ।
महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन र सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीन स्थल संकेत गर्नसमेत अनुरोध गरेको छ ।
निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ ।
महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको भन्दै सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया