बुधबार, पुष ९, २०८२

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

मेरोन्यूज २०८० वैशाख ४ गते १८:५६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो ।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

प्रतिक्रिया