सोमबार, मंसिर ८, २०८२

ऐश्वर्या रायकी छोरी आराध्याले दिइन् युट्युब च्यानलविरूद्ध उजुरी

मेरोन्यूज २०८० वैशाख ७ गते १२:४९

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनकी छोरी आराध्या बच्चनले २ युट्युब च्यानल र एक वेबसाइट विरुद्ध मुद्दा दायर गरेकी छन्। लगातार आफ्नाे स्वास्थ्य सम्बन्धी गलत समाचार प्रशारण गरेपछि उनले ती युट्युब च्यानलविरूद्ध दिल्ली हाई कोर्टमा मुद्दा दायर गरेकी हुन् ।

दैनिक भाष्करका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोबैज्ञानिक रुपमा त्रसित बनाएको र उनीहरुका कारण आफु पिडक बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपील गरेकी छिन्। उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा बिपक्षी बनाएकी छन्।

अदालतले यस मुद्दामा आज सुनुवाइ गर्दे छ । हाल बच्चन परिवारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया