ऐश्वर्या रायकी छोरी आराध्याले दिइन् युट्युब च्यानलविरूद्ध उजुरी
मेरोन्यूज
२०८० वैशाख ७ गते १२:४९

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनकी छोरी आराध्या बच्चनले २ युट्युब च्यानल र एक वेबसाइट विरुद्ध मुद्दा दायर गरेकी छन्। लगातार आफ्नाे स्वास्थ्य सम्बन्धी गलत समाचार प्रशारण गरेपछि उनले ती युट्युब च्यानलविरूद्ध दिल्ली हाई कोर्टमा मुद्दा दायर गरेकी हुन् ।
दैनिक भाष्करका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोबैज्ञानिक रुपमा त्रसित बनाएको र उनीहरुका कारण आफु पिडक बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपील गरेकी छिन्। उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा बिपक्षी बनाएकी छन्।
अदालतले यस मुद्दामा आज सुनुवाइ गर्दे छ । हाल बच्चन परिवारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया