जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिदा एकको मृत्यु आठ घाइते
हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी

काठमाडौँ। जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बन्दै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका एक जना श्रमिकको ज्यान गएको हो ।
नलगाढ नगरपालिका १२ मा पर्ने पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।
घाइतेहरूको अवस्था गम्भीर भएकाले हेलिकोप्टर मगाएर नेपालगञ्ज पु¥याउने तयारी भइरहेको प्रजिअ पन्तले मेरोन्युजलाई जानकारी दिए ।
घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।
केही बेरअघि कामदारहरूले काम गरिरहेकै अवस्थामा पुल भाचिएको हो । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दार गरिरहेको छ ।
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया